बाबुराम र विप्लवजीहरुसँग अंकमाल गर्ने दिनको प्रतीक्षामा छु : प्रचण्ड
नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी छोडेर हिँडेका नेताहरु फर्केर आउने विश्वास व्यक्त गरेका छन् ।
उनले बाबुराम, किरण, विप्लव लगायतका नेताहरुलाई अङ्कमाल गर्ने दिनको प्रतीक्षामा आफू रहेको बताएका छन् । विप्लव समूहबाट माओवादीमा आएकाहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘बुवाआमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ । उ नफर्किएसम्म बुवाआमालाई दिनभरि त्यही छोराको चिन्ताले सताउँछ । मलाई पनि त्यस्तै भएको छ ।’ प्रचण्डले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित भएर नेपाली क्रान्तिलाई मौलिक तरिकाले अगाडि लैजानुपर्नेमा जोड दिएका छन् ।
पार्टी प्रवेश गर्नेलाई धन्यवाद दिँदै उनले भने, ‘तपाईंंहरुले सही निर्णय लिनुभएको छ । ब्युँझेर आउनुभयो । अरु पनि चाँडै ब्युँझिनेछन् । बाबुरामजी, किरणजी, विप्लवजी पनि यसरी नै आउनुहुन्छ भन्ने विश्वास छ । उहाँहरुलाई अङ्कमाल गर्ने, हात मिलाउने दिनका प्रतीक्षामा छु ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया