नेकपा एमाले धादिङ ८ पालिकाको नेतृत्व चयन, एक पालिकामा महिला नेतृत्व

नुवाकोट । नेकपा एमाले धादिङको जारी पालिका अधिवेशन अन्तर्गत जिल्लाको आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ ।

महाधिवेशनको संघारमा एमालेले स्थानीय तहमा रहेका संगठनहरुलाई परिचालित गर्दै महिला, किसान, युवा, विद्यार्थी संगठनहरु समेत क्रियाशिल गरेको छ ।
जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका गरि १३ पालिका मध्ये आठ वटा पालिकामा नयाँ नेतृत्व चयन भएका हुन। बाँकी पाँच पालिकामा केही दिनमा नयाँ नेतृत्व टुङगो लाग्ने एमाले धादिङले जनाएको छ।
अधिवेशनबाट नीलकण्ठ नगरपालिकाको अध्यक्षमा हरि बहादुर श्रेष्ठ, गजुरी गाउँपालिकाको अध्यक्षमा माधव भण्डारी, रुबिभ्याली गाउँपालिकाको अध्यक्षमा प्रेम बहादुर तामाङ, बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा रमेश कुमार भट्टराई, गङ्गाजमुना गाउँपालिकाको अध्यक्षमा भक्त बहादुर लामिछाने निर्वाचित हुनुभएको एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले बताउनुभयो ।
त्यस्तै नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्षमा सुवर्ण रिमाल, खनियाबास गाउँपालिकाको अध्यक्षमा पन्थ तामाङ र सिद्धलेक गाउँपालिकाको अध्यक्ष कमला शर्मा अधिकारी निर्वाचित हुनु भएको सापकोटाले जानकारी दिनुभयो ।
८ स्थानीय तहमा अधिवेशन भएकोमा सिद्धलेक गाउँपालिकाको नेतृत्वमा कमला शर्मा अधिकारी एकमात्र महिला अध्यक्षका रुपमा चयन हुनुभएको छ। वडातहमा २ जनामात्र महिला अध्यक्ष निर्वाचित भएको नेकपा उमाले धादिङले जानकारी दिएको छ । वडा तह र पालिका तहमा नै महिलाको उपस्थिति कम देखिएको छ।
धुनीवेशी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा १३ गते अधिवेशन हुने भएको छ भने ज्वालामुखि गाउँपालिकामा १७ गते निर्वाचन कार्यक्रम रहेको छ।

त्यस्तै थाक्रे गाउँपालिका र गल्छी गाउँपालिकामा २७ गते अधिवेशन हुने एमाले धादिङका प्रचार विभाग प्रमुख सापकोटाले जानकारी दिनुभयो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया