वर्षाबाट प्रभावित कृषकले जग्गाको आधारमा राहत पाउने
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/10/Dhan_pani_ma_dubyo-768x575-1.jpg)
नुवाकोट । सरकारले वर्षाबाट प्रभावित कृषकहरुलाई राहत उपलब्ध गराउनेसम्बन्धि निर्णय गरेको छ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको सम्बन्धमा कृषकहरुलाई राहत उपलब्ध गराउनेसम्बन्धि निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णय अनुसार पूर्ण रुपमा क्षति भएकाको हकमा साना किसान (बढीमा १० कठ्ठासम्म वा सो बराबर जग्गा भएका)ले क्षतिको अधिकतम ६५ प्रतिशत राहत पाउने भएका छन्। त्यस्तै, मध्यम किसान (१० कठ्ठादेखि ३ बिघासम्म वा सो बराबर जग्गा भएका)ले क्षतिको अधिकतम ३० प्रतिशत राहत पाउनेछन्।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/10/dhan.jpg)
त्यसैगरी, ठूला किसान (३ बिघाभन्दा बढी) र आंशिक क्षति भएका किसानलाई सरकारले अधिकतम २० प्रतिशत राहत स्वरुप दिनेछ। किसानले राहत स्वरुप नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम पाउने छन्।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/10/restro-and-cafe-main-board-1024x205.jpg)
‘सोको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाई स्वीकृतका लागि पेश गर्ने,’ मन्त्री कार्कीले भने।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया