छिमेक लघुवित्तद्धारा अविभावकलाई वित्तिय साक्षरता प्रदान
नुवाकोट, छिमेक लघुवित्त वित्तिय संस्थामा लिमिटेड शाखा कार्यालय वेत्रावती नुवाकोटले यस संस्थामा आबद्ध इकाईका सदस्यहरुको अभिभावकलाइ साक्षर बनाउन अभिभावक भेला तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ ।
कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्थाका अनुगमन प्रमुख अर्जुन पन्तले बचतको विशेषता, राधाकृष्ण तिमल्सीनाले कर्जाको विषेशता र सुनिता तिम्सीनाले वित्तीय साक्षरताको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
साथै कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्था वेत्रावती नुवाकोट शाखाका शाखा प्रबन्धक भानुभक्त आचार्यले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार २०७३ साल फागुन १ गते बाट संचालनमा आएको यस शाखाले १४५२ जना सदस्यमाझमा ९५ लाख १४ हजार बचत संकलन तथा १ करोड १२ लाख कर्जालगानी गरि १ लाख १५ हजार घाटामा रहेको छ ।
विगत १ वर्षभित्रमा ६ जना सदस्य तथा अभिभावकको मृत्युहुदा रु ५१ हजार सहयोगको साथै ६४ जना सदस्य सुत्केरि हुदा जनही रु दुई हजारको दरले १ लाख २८ हजार रुपैया सहयोग प्रदान गरेको छ । गर्नुको साथै आ.व. २०७४÷०७५ मा ६५ जना सदस्यलाई सिपमुलक तथा आयमुलक तालिम प्रदान गरिएको थियो । कार्यक्रममा विदुर नगरपालिका, बेलकोटगढी न.पा. लिखु, सुर्यगढी, ककनी गाउँपालिकाका ११० जना सदस्यका अभिभावकहरुको सहभागीता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया