सुनको मूल्य अझै बढ्ने संकेत
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/03/823-1584422409gold.jpg)
नुवाकोट । केही समयअघि प्रतितोला ८५ हजार नजिक रहेको सुनको मूल्य अहिले दैनिक रुपमा बढ्दै गएर करिव ९३ हजार रुपैयाँमा पुगेको छ। छोटो समयमा नै सुनको मूल्य तोलामा नै ८ हजार रुपैयाँले बृद्धि भएको छ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
निरन्तर रुपमा सुनको मूल्य बढ्नुका पछाडि तीन कारण रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए। ‘सुनको मूल्य बढ्नुको पहिलो कारण त अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेर नै हो,’ उनले भने, ‘यसैगरी, स्थानिय बजारमा सुनको मूल्य बढ्नुमा नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार (लक्ष्मी पुजा, दीपावली) र विवाहको लगनको पनि ‘सिजन’ शुरु हुने बेला भएकाले पनि हो ।’
पहिला जस्तो १ लाख ३ हजार रुपैयाँ पुग्ने सम्भावना भने देखिएन
करिव एक वर्षअघि सुनको मूल्य बढेर १ लाख ३ हजार रुपैँयासम्म पुगेको थियो। त्यसपछि निरन्तर ओरालो लाग्दै आएको थियो। तर, अहिले पुनः बढेको छ।
पहिलाको जस्तै १ लाख ३ हजार पुग्ने सम्भावना भने नभएको शाक्यले बताए। ‘अहिले त्यस्तो नभनी हालौं। विस्तारै बढ्न सक्छ जस्तो लाग्छ,’ उनले भने, ‘अहिले पनि धेरैले बढेको पनि होइन।’
ट्रेण्ड कस्तो छ?
अन्तरराष्ट्रिय बजारको ‘सिनारियो’ हेर्दाखरी त अलिकति बढ्न सक्ने सम्भावना देखिएको शाक्यले बताए। ‘नेपाल लगायतका दक्षिण एशियन देशहरुमा लक्ष्मी पूँजी, दीपावली र विवाहको लगनको पनि ‘सिजन’ शुरु भएको छ,’ उनले भने, ‘त्यसकारणले गर्दा मार्केटमा ‘डिमाण्ड’ बढ्ने एउटा पाटो छ। अर्को चाँहि अन्तरराष्ट्रिय बजारमा पनि विस्तारै डिमाण्ड बढ्न सक्ने सम्भावना देखिएको छ।’
कोटा बढाउन राष्ट्र बैंकको आनाकानी
नेपाल सुनचाँदी व्यवसायीले सुनको काटो बढाउन दबाब दिँदै आए पनि राष्ट्र बैंकले भने आनाकानी गर्दै आएको छ। सुनको कोटा बढाउने विषयमा राष्ट्र बैंकसँग छलफल भइरहेको शाक्यले बताए। ‘त्यसमा छलफल भइराखेको छ,’ उनले भने, ‘कोटा बढाइसकेको भने छैन।’
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/gold.jpg)
अहिले बैंकहरुले दैनिक २० किलोका दरले मात्र कच्चा सुन ल्याउँदै आएका छन्। त्यसरी ल्याएको सुन बैंकमार्फत व्यवसायीले खरिद गर्दै आएका छन्।
दैनिक २० किलोका दरले सुन ल्याउँदा अपुग भएको भन्दै व्यवसायीले राष्ट्र बैंकसँग त्यस्तो सुनको कोटा बढाउन माग गरिरहेका छन्। सुन व्यवसायीले गत भदौ ३० गते नेपाल राष्ट्र बैंक पुगेर सुनको माग अत्याधिक भएको र मागको तुलनामा आपूर्ति कम भएको भन्दै आयात बढाउन दबाब दिँदै आएका छन्।
तर, राष्ट्र बैंकले सुन व्यवसायीले भनेको आधारमा मात्र सुनको कोटा बढाउन नसकिने अडानमा छ। केन्द्रीय बैंकले व्यवसायीसँग सुन खपतको विस्तृत विवरण माग गर्दै आएको छ।
दैनिक २० किलो सुन आयातले माग धान्न नसकेको व्यवसायीको गुनासो
निक २० किलो सुन आयातले माग धान्न नसकेको गुनासो व्यवसायीले गर्दै आएका छन्। व्यवसायीले बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको उल्लेख गर्दै तत्काल कच्चा सुनको आपूर्ति व्यवस्था बढाउन आग्रह गरेका छन्।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/10/restro-and-cafe-main-board-1024x205.jpg)
चाडपर्वको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग उनीहरुले गरेका छन्। तर, हाल व्यवसायीहरुले दैनिक २० किलोका दरले मात्र कच्चा सुन पाउँदै आएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया