रसुवागढी र सान्जेनले स्थानीयकाे लागि आईपीओ निष्काशन गर्दै

विदुर खबर २०७८ कार्तिक ९ गते २१:५८

रसुवा ।रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि हालसम्म पनि आईपीओ निष्काशन गरेका छैनन्।

Advertisement

सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई वर्ष भइसक्दा पनि अझै आयोजना प्रभावित स्थानीयका लागि दुबै कम्पनीले शेयर निष्काशन गरेका छैनन् ।

सुवागढी र सान्जेन (SJCL) दुबैले २०७६ बैंशाख ६ गते देखि १२ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेका थिए ।

Advertisement

यस्तै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता,कोषका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीलाई समेत आईपीओ बिक्री गरिसकेका छन् ।

तर आयोजना प्रभावित स्थानीयलाई भने हालसम्म पनि दुबै कम्पनीले आइपीओ बिक्री गरेका छैनन् । भूकम्पपछिको पुनर्निमाणका कारण स्थानीयहरुसँग रकम नभएको भन्दै आयोजना प्रभावित स्थानीयलाई भन्दा पहिला सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

Advertisement

सर्वसाधारणलाई शेयर बिक्री साढे दुई वर्ष भइसक्दा पनि आयोजा प्रभावित स्थानीयलाई भने हालसम्म शेयर निष्काशन भएको छैन् । रसुवागढी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत विश्व मल्लले भने आउँदो मंसिर भित्र आयोजना प्रभावितका लागि आईपीओ निष्काशन गर्ने तयारी भइरहेको जानकारी गराए ।

‘शुरुमा स्थानीयले नै चाहानु भएन । पछि कोभिडको कारणले गर्दा धकेलियो, हामी अहिले त्यसैमा लागि रहेको छौं । अब हामी छिटै नै स्थानीयको लागि आईपीओ जारी गर्छौ,’ मल्लले भने, ‘डकुमेन्टहरु सबै मिलाइसकेका छौं । मंसीर भित्रै स्थानीयको लागि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका छौं ।’

यस्तै सान्जेन जलविद्युत आयोजनाले पनि आयोजना प्रभावित स्थानीयका लागि मंसिरमै आईपीओ निष्काशन गर्ने जनाएको छ ।

रसुवागढी र सान्जेनले स्थानियलाई एक अर्ब भन्दा बढीकाे शेयर निष्काशन गर्ने 

सान्जेनले जारी पूँजी ३ अर्ब ६५ करोडको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रूपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ  भने आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । 

आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियलाई आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले रसुवा जिल्लाको सान्जेन खोलामा उपलब्ध जलस्रोतको प्रयोग गरी अपर सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजना (४८.५ मेगावाट) निमार्ण गर्दैछ ।

यस्तै, रसुवागढी हाइड्रोपावरले पनि जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।

कम्पनीले अब रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १० कित्ता शेयर निष्काशन गर्नेछ ।

स्थानीयको लागि आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुग्नेछ ।

रसुवागढी जलविद्युत आयोजनाको क्षमता १११ मेगावाट छ । आयोजना रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका साविकको थुमन र टिमुरे गाविसमा रहेको छ ।

प्रतिक्रिया