काठमाडौमा अबैध रुपमा बस्दै आएका ११ अफगानी पक्राउ

विदुर खबर २०७८ कार्तिक ८ गते १३:४७

नुवाकोट । प्रहरीले राजधानीबाट ११ अफगानी नागरिकलाई पक्राउ गरेको छ ।

Advertisement

काठमाडौंको सिनामंगलबाट ११ जना ती अफगानी नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए ।

Advertisement

उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

प्रतिक्रिया