नुवाकोटको सबै वडामा एमालेको नयाँ नेतृत्व

विदुर खबर २०७८ कार्तिक ७ गते १२:२६

नुवाकोट । नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर नुवाकोटमा शनिबार वडा अधिवेशन सम्पन्न गरिएको छ ।

Advertisement

१२ वटै पालिकाको कुल ८८ वडामा शनिबार एकैसाथ अधिवेशनहरू सम्पन्न भएका छन । जिल्लाका सबैजसो वडामा सर्वसम्मत ढंगले नेतृत्व चुनिएको बागमती प्रदेशका कृषि राज्यमन्त्री एवं एमाले नुवाकोटका उपाध्यक्ष बद्रि मैनालीले जानकारी दिए ।

उपाध्यक्ष मैनालीका अनुसार ८८ मध्ये ८० वटामा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन नभएका केही वडा बेलकोटगढी, शिवपुरी र किस्पाङमा रहेका छन । सबै वडामा ३३ प्रतिशत महिला नेतृसहितको ३१ सदस्यीय कमिटीहरू निर्वाचित भएको मैनालीले बताए ।

Advertisement

विदुर नगरपालिकाका १३ वटै वडामा नेतृत्व चयन भएको छ । विदुर नगर कमिटीका इन्चार्ज नारायण घिमिरेका अनुसार वडा नम्बर १ को  अध्यक्षमा अर्जुन प्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन । त्यस्तै वडा नम्वर २ को वडा अध्यक्षमा दामोदर नेपाल, वडा नम्वर ३ को वडा अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन ।

यस्तै विदुर नगरपालिकाको वडा नम्बर ४को अध्यक्षमा निलमवाबु ढुंगेल, वडा नम्वर ५ को वडा अध्यक्षमा रामराजा गजुरेल, वडा ६ को वडा अध्यक्षमा रामचन्द्र पौडल, वडा नम्वर ७ को वडा अध्यक्षमा ईन्दिरा रिजाल, वडा नम्वर ८ को वडा अध्यक्षमा रामचन्द्र श्रेष्ठ, वडा नम्वर ९ को वडा अध्यक्षमा शिवराज वोगटी, वडा नम्वर १० को वडा अध्यक्षमा उद्वव खतिवडा निर्वाचित भएको नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनले नगरका विभिन्न वडामा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे, बागमती प्रदेश कमिटीका सदस्य गणेश श्रेष्ठ लगायतले सम्बोधन गरेको बताए । उनीहरूले आगामी निर्वाचनमा सबैठाउँमा एमालेले अत्याधिक मतले चुनाव जित्नेगरी तयारीमा लाग्न निर्देशन दिएका छन ।

त्यस्तै विदुर नगरपालिका वडा नम्वर ११ को वडा अध्यक्षमा अर्जुन चालिसे, वडा नम्वर १२ को वडा अध्यक्षमा रामप्रसाद भट्ट र वडा नम्वर १३ को वडा अध्यक्षमा रामकृष्ण खडका सर्वसम्मत चयन भएका छन ।

नेकपा एमाले नुवाकोटका पूर्व प्रचार विभाग प्रमुख माधवप्रसाद तिवारीका अनुसार बेलकोटगढी नगरपालिकामा १३ मध्येको ४ वटा वडामा मात्र अधिवेशन भएको छ । बाँकीमा १४ गतेभित्र अनुकुल समयमा अधिवेशन हुनेछ ।

शनिबार भएको वडा अधिवेशनबाट बेलकोटगढी वडा नम्बर १ को वडा अध्यक्षमा मोहनबहादुर तामाङ सर्वसम्मत चयन भएका छन । बेलकोटगढी नगरकमिटीका अध्यक्ष नवराज तिवारीका अनुसार वडा नम्बर ३ को अध्यक्षमा होमबहादुर सुवेदी प्रल्हाद र वडा नम्बर ४ को अध्यक्षमा शरण सुवेदी निर्वाचित भएका छन ।

त्यस्तै बेलकोटगढी ११ को अध्यक्षमा मोहनकृष्ण मुडभरी निर्वािचत भएका छन । अध्यक्षका प्रशान्तजंग पाण्डे, केशव पाण्डे र नारायणप्रसाद पनेरूले दाबी गरेपछि चारै जनाका बीचमा छलफल गराएर मुडभरीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको थियो । उनीहरूलाई बेलकोटगढी ११ का वडा अध्यक्ष रामहरि पाण्डेले शपथ गराएका थिए भने पूर्व प्रचार विभाग प्रमुख तिवारीले अविर लगाएर बधाई दिएका थिए । बेलकोटगढीका बाँकी वडामा १४ गतेसम्ममा अधिवेशन हुनेछ ।

एमाले नुवाकोटका पूर्व सचिव काशिराज अधिकारीका अनुसार ककनी गाउँपालिकाको वडा नम्बर १को अध्यक्षमा अध्यक्ष बिक्रम बलामी चयन भएका छन । त्यस्तै वडा नम्बर २ को अध्यक्षमा प्रेमबहादुर तामाङ वडा नम्बर २ को अध्यक्षमा हरिहर ढुंगनावडा नम्बर ४ को अध्यक्षमा पद्म लामा निर्वाचित भएका छन ।

यस्तै ककनी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा ललित लामा, वडा नम्बर ६ को अध्यक्षमा दक्षदेव पाठक वडानम्बर ७ को अध्यक्षमा पुरुपोत्तम थपलिया र वडा नम्बर ८ को अध्यक्षमा पूर्णलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन ।

यस्तै जिल्लाको सृर्यगढी गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा सुर्यबहादुर ग्लान सर्वसम्मत भएका छन । सृर्यगढी वडा नम्बर २ को अध्यक्षमा राजु तामाङ वडा नम्बर ३ को अध्यक्षमा सिंगलबहादुर थापा, वडा नम्वर ४ को अध्यक्षमा राजन गुरुङ, वडा नम्बर ५ को अध्यक्षमा हरिप्रसाद भट्टराई सर्वसम्मत भयन भएका छन ।

पञ्चकन्या गउँपालिका कमिटीका अध्यक्ष रामनाथ खनालका अनुसार सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । उनका अनुसार पञ्चकन्या गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा राजेश वाग्ले, वडा नक्बर २को अध्यक्षमा धर्मकोईराला, वडा नम्बर ३ को अध्यक्षमा क्यापटेन राम थापा, वडा नम्बर ४ को अध्यक्षमा राम थापा र वडा नम्बर ५ को अध्यक्षमा राम थापा सर्वसम्मत चयन भएका छन ।

अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य राजन ढकालका अनुसार लिखु गाउँपालिको ४ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । भने २ वटा वडामा विवाद भएको छ । वडा अधिवेशनमा बागमती प्रदेशका कृषि राज्यमन्त्री बद्री मैनाली, एमाले बागमती प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

अधिवेशनबाट लिखु गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा प्रेमबहादुर थापा मगर, वडा नम्बर ४  को अध्यक्षमा भरत राई, वडा नम्बर ५ को अध्यक्षमा अध्यक्षमा मनोज मानन्धर र वडा नम्बर ६ को अध्यक्षमा रामबहादुर ओझा सर्वसम्मत निर्वाचित भएका छन । वडा नम्बर १ र ३ मा भने पुनः अधिवेशन गर्ने विषयमा छलफल भएको  ।

यस्तै नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य एवं तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीका अनुसार ६ वटै वडामा सर्वसम्मत ढंगले नेतृत्व चयन भएको छ । उनका अनुसार वडा नम्बर १ को अध्यक्षमा हितबहादुर तामाङ, वडा नम्वर ३ को अध्यक्षमा बच्चुराम रिमाल, वडा नम्बर ४ को अध्यक्षमा हरि पौडेल, वडा नम्वर ५ को अध्यक्षमा बिक्रम गुरुङ, वडा नम्बर ६ को अध्यक्षमा गोपिराज रिमाल सर्वसम्मत चयन भएका छन । अध्यक्ष वस्तीका अनुसार वडा नम्बर २ को अधिवेशन यही कात्तिक ९ गते हुनेछ ।

यस्तै जिल्लाको किस्पाङ गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा विष्णुसिंह तामाङ सर्वसम्मत भएका छन । त्यस्तै वडा नम्वर २को अध्यक्षमा उमाकान्त भट्ट, वडा नम्वर ३ को अध्यक्ष्मा शंख तामाङ, वडा नम्वर ५ को अध्यक्षमा अमिक मोक्तान निर्वाचित भएका छन । नेकपा एमाले किस्पाङ गाउँ कमिटीका अध्यक्ष वीरबल तामाङका अनुसार वडा नम्बर ४ को अधिवेशन कात्तिक ८ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया