वर्षाले नुवाकोट र रसुवामा पनि धानबालीमा क्षति

विदुर खबर २०७८ कार्तिक ६ गते ७:३०

नुवाकोट । नुवाकोट र रसुवामा भित्र्याउने बेला भएको ६ हजार रोपनीमा लगाइएको धानबालीमा क्षति पुर्‍याइएको छ ।

Advertisement

असोज ३१ देखि ३ गतेसम्म परेको भारी वर्षाले दुवै जिल्लामा लगाइएको धानबाली क्षति पुर्‍याएको हो ।

नुवाकोटमा ५ हजार ९ सय २० रोपनी र रसुवामा २ सय रोपनीमा लगाइएको धानबाली क्षति पुगेको कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवा कार्यालयले जनाएको छ । उनका अनुसार काटेर निहिन राखिएका धानबाली बढी क्षति पुगेको हो ।

Advertisement

दुप्चेश्वर गाउँपालिका ३ रावतबेंसीकी लिला केसीले धानको ठाडो बालाभन्दा र काटेको धान वर्षाले खेतका आलीमा उम्रिएको बताइन् । यतिबेला काटिएका धान २/३ दिन घाममा सुकाएर झाँट्ने गरिन्छ ।

वर्षाले धान खेतमै उम्रिएपछि अब चामल किनेर खानुपर्ने बाध्यता बढेको किसानहरु बताउँछन् । ‘भित्र्याउन ठीक्क पारेको धान उम्रियो,’ बेलकोटगढी नगरपालिका ९ नलगाउँका किसानले भने,‘चामल किनेर खानुपर्ने दिन आयो ।’

Advertisement

कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी क्षति विदुर र बेलकोटगढी नगरपालिकामा १/१ हजार रोपनीमा क्षति पुगेको छ भने सबैभन्दा कम म्यागङ गाउँपालिकामा ९० रोपनी क्षेत्रफलमा धानबाली क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्रले नुवाकोट र रसुवा दुवै जिल्लालाई हेर्ने गर्छ । रसुवाको तल्लोभेग उत्तरगया र नौकुण्ड गाउँपालिकामा वर्षातले धानबाली क्षति पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवाका प्रमुख केशव खनालले ठाडोभन्दा काटेर झाँट्न राखिएका धानबाली बढी क्षति भएको बताए ।

प्रतिक्रिया