न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँट,२१ लाखको हात खाली
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/10/nyadi1633056242.jpg)
नुवाकोट । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर शुक्रबार बाँडफाँट गरेको छ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे सेयर बाँडफाँट गरेको हो।
कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो।
सर्वसाधारणका लागि निष्काशनमा गरेको सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ।
आइपीओमा पछिल्लो तथ्यांकअनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको थियो।
यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण गरेको हो। जसअनुसार २ लाख ९ हजार २ सय ५० आवेदकले गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर पाए भने बाँकी २१ लाख ४८ हजार आवेदकको हात खाली भएको छ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/04/ipo-listing.jpg)
कस्तो छ कम्पनी?
कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानीयलाई १५ करोड रुपैयाँ, संस्थापक सेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले रन अफ रिभरमा आधारित ३० मेगाबाट क्षमताको न्यादी जलविद्युत आयोजनाको विकास निर्माण गररहेको छ। हाल आयोजनाको ९९ प्रतिशत भौतिक कार्य सकिएको कम्पनीले जनाएको छ।
आयोजनाको कुल लागत ६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ र प्रतिमेगाबाट लागत २० करोड ३९ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै १ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
आईपीओ निष्काशनपछि कम्पनी सेयर स्वामित्व संस्थापक ७३ प्रतिशत र सर्वसाधारणको २७ प्रतिशत कायम हुनेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया