धादिङको ह्वासिन सिमेन्टसँग मुआब्जा माग
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/10/Huwasin-Cement-768x576-1.jpg)
नुवाकोट । ह्वासिन सिमेन्ट उद्योगसम्म सडक निर्माण गर्दा जनताको खेतबारी प्रयोग गरेकोले सो क्षेत्रको मुआब्जा दिन माग गर्दै बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापपनपत्र बुझाएका छन् ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा संचालनको तयारीमा रहेको ह्वासिन सिमेन्ट उद्योगले मलेखुबाट ताल्तीसम्म बाटो बनाउँदा १ सय जना भन्दा बढीको खेतबारी प्रयोग गरेको छ ।
१० किलोमिटर बाटो बनाउँदा आफूहरुको सडकमा जग्गा परेर मुआब्जा दिनुपर्ने जग्गावालाहरुको भनाइ छ । दलबल सहित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लाई बुझाइएको १५ बुँदे ज्ञापनपत्रमा रोजगारी दिनका लागि गाउँबासीलाई प्राथमिकता दिन समेत माग गरिएको सरोकार समतिका राजेन्द्र कँडेलले बताउनुभयो ।
सिमेन्ट उद्योगको रोयल्टी प्रभावित क्षेत्रमा खर्च गर्नुपर्ने, पर्यावरण संरक्षण हुनेगरि उद्योग संचालन गर्नुपर्ने, स्थानीय विद्यालय, मन्दिर, गौचरण, खेलमैदान लगायतका सार्वजनिक स्थानहरुको संरक्षण गर्नुपर्ने, उद्योगका कारण विस्थापित हुने परिवारलाई राहत र पुनस्थापना गर्नु पर्ने माग सरोकार समितिले राखेको छ ।
उद्योग र यसले बनाएको संरचना र सरकारले बनाएका नितिहरु हेरेर जनताको माग सम्बोधन गर्ने विषयमा काम गर्ने प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया