भारतमा जिप दुर्घटना, दुई नेपालीसहित पाँचको मृत्यु

नुवाकोट । भारत पिथौरागढ जिल्ला थलभुवानी नजिकै बुधबार भएको जिप दुर्घटना परी बैतडीको पाटन नगरपालिका–६ का ४८ वर्षीय मदनमोहन जोशी र खिमाली गाउँका ३९ वर्षीय दीपक अवस्थीको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा भारतीय सेनाका रिटार्यड ब्रिगेडियर व्निोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंह रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पीएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भीरबाट खसेर दुर्घटना भएको हो ।
गाडी रिटार्यड ब्रिगेडियर चन्द आफैं चलाएको बताइएको छ । उहाँको गाउँ बुगामा कूलपूजा भएकाले पूजाभन्दा अगाडि चन्दका कूल पुजारी बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्ण प्रयाग लानुभएको बताइएको छ ।

स्नान गरेर कूलपूजाका लागि फर्किंदै गर्दा जिप दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । चन्द राति अनिँदो रहेको र गाडी चलाउँदा निद्रा लागेपछि दुर्घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया