आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने
विदुर खबर
२०७८ कार्तिक ४ गते ७:२२
नुवाकोट । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेको हप्ता दिन नबित्दै मनसुन नै सम्झाउनेगरी भारी वर्षा सुरु भयो।
गत असोज २५ गते महाशाखाले मनसुन सकिएको घोषणा गरेको थियो। मनसुन सकिएको घोषणा गरेको छैटौं दिन भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ।
गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार बाढीपहिरो तथा डुबानमा परी ७७ जनाको मृत्यु भएको छ। अझै २७ जना बेपत्ता छन्।
निरन्तर चार दिनसम्मको भारी वर्षाले भित्र्याउन ठिक्क पारेको धानबाली डुबाउनुका साथै धेरै कृषकको धानबाली बगाएको छ। दशैं मनाइरहेको अवस्थामा भारी वर्षा हुँदा सुदूरपश्चिम, लुम्बिनी, प्रदेश १, बागमती प्रदेश लगायतका १९ जिल्ला धेरै प्रभावित भएका छन्।
अझै गृह मन्त्रालयले जनधनको क्षतिको विस्तृत तथ्याङ्क ल्याउन सकेको छैन।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया