नुवाकोटमा कांग्रेस र माओवादीका १५० जना नेता कार्यकर्ता एमाले प्रवेश
नुवाकोट । चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य श्रीकृष्ण रिजाल एमाले प्रवेश गरेका छन ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ मा भएको पार्टी प्रवेश कार्यक्रममा रिजालसहित १५० जनाले एमालेको सदस्यता लिएका छन । रिजाल नेपाल निर्माण सामाग्री व्यवसायी संघ काठमाडौंका पूर्व अध्यक्ष पनि हुन ।
नेकपा एमालेका नेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे र नेकपा एमालेकी नेतृ विन्दा ढुंगानाले विदुर नगरपालिका वडा नम्बर ८ केउरीबाट एमाले प्रवेश गर्ने १५० जना कांग्रेस, माओवादी र राप्रपाका नेता कार्यकर्तालाई एमालेमा स्वागत गरे ।
रिजालसहित स्थानीय कांग्रेस नेताहरू बलराम बोगटी, हरिशरण विश्वकर्मा, रामशरण अधिकारी, शिव दुलाल, बैकुण्ठ नेउपाने लगायत एमाले प्रवेश गरे । त्यस्तै माओवादी र राप्रपामा क्रियाशिल रहेका स्थानीय नेताहरू समेत एमाले प्रवेश गरेका छन । पार्टी प्रवेश गर्दै रिजलाले देश र जनाको सुरक्षा र समृद्भिका लागि एमाले बाहेकका दलले काम गर्न नसक्ने देखेकाले सहयोगी बन्न पार्टी प्रवेश गरेको बताए ।
कांग्रेस, माओवादी र राप्रपाका नेता कार्यकर्तालाई एमाले स्वागत गर्दै मन्त्री पाण्डेले एमालले नागरिकको हितमा काम गर्ने बताए । उनले नागरिकले आफ्ना ठाउँका समस्या र गुनासा जस्ताको त्यस्तै राखे एमालेले त्यसको निकासका लागि मध्यस्कर्ताको भूमिका निर्वाह गर्ने बताए ।
त्यस्तै मन्त्री पाण्डेले विदुर नगरपालिकाको केउरेनीमा पहिरोको समस्या रहेको भन्दै नियन्त्रणका लागि बागमती प्रदेश सरकारका तर्फबाट तत्कालै पहल हुने प्रतिवद्धता जनाए । उनले खोला पुल निर्माण गर्ने र सडक स्तरोन्तिका लागि पनि एमालेले पहल गर्ने बताए ।
सो अवसरमा नेकपा एमालेकी नेतृ विन्दा ढुंगानाले जनताको एकमात्र पार्टी एमाले रहेको भन्दै स्थानीयस्तरदेखि नै सहयोग गरेको खण्डमा जनताका इच्छा र आकांक्षा पूरा गर्न एमालेले काम गर्न सक्ने बताइन ।
उनले पार्टी प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिएर अघि बढाइने बताउँदै सामाजिक काममा समेत एमालेका नेता कार्यकर्ताको उत्तिकै सक्रियता आवश्यकता रहेको बताइन ।
पार्टी प्रवेश कार्यक्रममा एमाले नुवाकोटका कार्यलय सचिव अरुण श्रेष्ठ, क्षेत्र नम्बर दुईका पार्टी संयोजक तथा विदुर ५ का वडा अध्यक्ष शिव चित्रकार, ९ नम्बर वडाका अध्यक्ष शनि चित्रकार, विदुर नगर कमिटीका सह ईन्चार्ज प्रल्हाद खतिवडा, विदुर नगर कमिटीका सचिव अनुज कुमार श्रेष्ठ, नेताहरु रामचन्द्र श्रेष्ठ, अपार बोहरा, गोपाल रिजाल, हरि रिजाल, रविन श्रेष्ठ लगायत उपस्थित रहेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया