कोरोना संक्रमबाट सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महर्जनको निधन
विदुर खबर
२०७८ कार्तिक १ गते १९:१४
नुवाकोट । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्ष रमेश महर्जनको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण उनको उपचारका क्रममा सोमबार ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
कोभिड संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भएपछि सोमबार बिहान मात्र महर्जनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । १२ दिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएका महर्जनको एक सातायता मेडिसिटीमा उपचार भइरहेको थियो ।
अस्पताल भर्ना हुँदा महर्जनको फोक्सोको ६० प्रतिशत भाग संक्रमित रहेको उपचारमा संलग्न चिक्तिसकले जनाएका छन् । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया