नुवाकोट बस दुर्घटना : घाइतेको निःशुल्क उपचार गर्न सहमहामन्त्री महतको माग
विदुर खबर
२०७८ कार्तिक १ गते १६:३९
नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा भएको बस दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार गर्न सरकारसँग अनुरोध गरेका छन्।
दुर्घटनाको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै उनले यस्तो माग गरेका हुन्। दुर्घटनामा घाइते हुनुभएका सबै यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग अनुरोध गर्दछु,’ उनले भनेका छन्।
त्यस्तै, महतले विगत केही समययता नेपालमा दिनहुँ भइरहेका सवारी दुर्घटनालाई मूल्यांकन गरेर सवारी सञ्चालनमा केही सुधारको आवश्यकता रहेको औँल्याएका छन्।
उनले सवारी दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी, स्थानीय प्रशासन, सवारीधनी, चालक तथा सहचालक र यात्रुहरू सबैलाई सजगता र सावधानी अपनाउनसमेत अनुरोध गरेका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया