फलामको भाँडा,चाकु र बिदेशी अनुसन्धान
हाम्रो देशमा त फलामको भाँडामा पकाएको दाल–तरकारी भातसँग मुछेर खाइन्छ ।
यसरी खाँदा अचारमा रहेको भिटामिन ‘सी’ले दालमा रहेको लौहतत्व शोषण गर्न मद्दत गर्छ । लौहतत्व शरीरमा पुगेपछि रक्तअल्पता कम हुन्छ । फलामको भाँडाको यस उपयोगिताबारे अहिले विज्ञानले सिद्ध गरिसकेको छ ।केही अघि विदेशबाट आएका एक नेपाली जनस्वास्थ विज्ञले ‘नेपालमा रक्तअल्पता कम गर्न फलामको माछा प्रयोग गर्न आवश्यक छ, त्यसको लागि अध्ययन–अनुसन्धान गर्ने विषयमा छलफल गर्न तपाईं आइदिनुप¥यो’ भनेपछि छलफलका क्रममा ती नेपाली विज्ञले भने, ‘कम्बोडियामा धेरै महिलालाई रगतको कमी भएको थाहा पाएपछि एक विदेशी डाक्टरले खाना पकाउँदा फलामको माछा खाना पकाउने भाँडामा हाल्ने गर्नू भनेर सिकाए ।यसरी खाना पकाउँदा
भाँडोमा फलामको माछा राखेको खण्डमा फलामको माछामा रहेको फलामतत्व खाने कुरामा जान्छ र महिलाहरूले पर्याप्त लौहतत्व पाउँछन् भन्ने उद्देश्यले यस किसिमको प्रयोग गरिएको थियो ।
’ उनले भने, ‘वास्तवमा यो तरीका अपनाएपछि कम्बोडियाका महिलाको स्वास्थ्यमा सुधार आयो ।उनीहरूको रक्तअल्पता घट्यो भनेर बीबीसीमा पनि समाचार आयो । यसको लागि बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनले सहयोग पनि दिएको भनेर समाचारमा आएको थियो । उनको कुरा सुनेपछि मैले हाँसेर भनेकी थिएँ, ‘तर नेपालमा त फलामको भाँडामा खाना पकाउने चलन परम्पराकै रुपमा रहेको छ । त्यसको लागि भिन्नै ‘फलामको माछा’ बनाउनु त पर्दैन होला ।’फलामको भाँडामा पकाएको खाना स्वस्थकर हुन्छ भन्ने ज्ञान हाम्रापुर्खाहरूलाई थियो । तर अहिले त्यो ज्ञानलाई वास्ता गरिन्न ।
शायद विदेशी भाषामा लेखिएका र विदेशीहरूले आएर नेपालमा त पौष्टिक तत्व स्थानीय खानामा धेरै पाइन्छ, फलामको भाँडामा पकाएको खाना राम्रो हुन्छ भनेपछि मात्र स्वास्थ्य मन्त्रालयले ‘लौ स्थानीय खाना र फलामको भाँडामा पकाएको खाना राम्रो हुने रहेछ, यसले नै रक्तअल्पता कम गर्न मद्दत गर्छ’ भन्छ होला म पनि त्यस रि नै ” अङ्रेजी ” भाषामा पढेर चाकुको बारे जाने केही वर्षअघि म अमेरिका जाँदा एक परिचित महिलाले भनिन्, ‘मोलासेस (Molasses) स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ । त्यसैले म हरेक दिन एकचम्चा खाने गर्छु । यसले गर्दा मेरो हड्डी पनि बलियो भएको छ । मेरो शरीरमा रगतको कमी पनि भएको छैन ।’ उनको भनाइ सुनेर मैले भनें, ‘यो त बडो राम्रो कुरा रहेछ, म पनि किनेर नेपाल लैजान्छु ।’अनि उनले सिसीमा राखेको मोलासेस देखाइन् ।
मैले चम्चा लिएर चाखें । त्यो त चाकुको जस्तै स्वादको थियो । तर चाकुमा यस्ता औषधीय गुण त छैनन् होला भन्ने विचार गरें । पछि गुगलमा सर्च गरेर हेर्दा मोलासेस भनेको त ‘चाकु’ नै रहेछ ।अनि मैले चाकुका बारेमा विभिन्न पाठ्य सामग्रीहरु खोजेर अध्ययन गरें । अनि मलाई राम्ररी थाहा भयो कि हामीले कहिलेकाहीँविशेष चाडपर्व तथा समयमा खाने चाकु त ‘रगत बढाउने, हड्डी बलियो बनाउने’ तत्व पो रहेछ ।चाकु र सखरमा पर्याप्त मात्रामा क्याल्सियम पनि हुन्छ । साथै यसले शरीरमा पर्याप्त मात्रामा ऊर्जा दिन्छ ।
विभिन्न किसिमका तागत दिने बजारका औषधि होइन कि प्राकृतिक प्रक्रियाबाट बनेको चाकु खाँदा शरीरमा बढी ऊर्जा मिल्छ ।यसले शरीरमा निकै फाइदा गर्नेहुँदा सुत्केरी महिलालाई चाकु खुवाउने गरिन्छ।
बालबालिकालाई अन्य गुलियो चकलेट, केकको साटो चाकुको सानो सानो टुक्रा, तिलको लड्डु बनाई वा चाकु दूधमा मिश्रण गरि दिनाले बच्चाको स्वास्थ्यमा फाइदा गर्छ ।हाम्रा स्वास्थ रार्मो पार्ने चलन बारे जान्न केहिले देखी पुर्खाको ज्ञान प्रयोग गर्ने होला ?
डा. अरुण उप्रेतीको फेसबुकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया