नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित २२ जना पुगे

विदुर खबर २०७८ असोज ३१ गते १३:३७

नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या झरेर २२ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २२ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए ।

यस्तै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ८ एकसय ३९ पुगेको खनालले बताए । त्यस्तै जिल्लामा कारोना संक्रमितको संख्या ८ हजार २ सय १० पुगेको छ ।

Advertisement

हालसम्म जिल्लामा ४९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा हालसम्म २८ हजार ६२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया