बुद्धभुमि हाइड्रोपावरको शुरु कारोबार मुल्य कति होला ?
नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्व-साधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड असोज २२ गते शुक्रवार गरेको थियो ।
हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । सो हाईड्रोपावर कम्पनीको शेयर बाँडफाँड गर्दा ७ लाख ४४ हजार कित्ताको १०,१० कित्ताले भाग गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले शेयर हात पारेका थिए ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ८४.०५ रूपैयाँ देखि अधिकतम २५२.१५ रुपैयाँ सम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेको छ ।
नेप्सेले हरेक कम्पनीको शुरुको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म ओपनिङ रेञ्ज (शुरुवाती मुल्य) तोक्ने गर्दछ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/०७७ को प्रतिसेयर नेटवर्थ ८४.०५ रूपैयाँ रहेको छ ।
सोहि नेटवर्थको आधारमा यस हाइड्रोपावर कम्पनीको मुल्य ३ गुणा सम्म कायम गर्दा २५२.१५ रुपैयाँ हुन् जान्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया