नुवाकोटमा बन्द रहेको सार्वजनिक यातायात शुचारु
नुवाकोट । सोमवादेखि नुवाकोटमा बन्द रहेको सार्वजनिक यातायात संचालनमा आएको छ ।
मंगलवार जिल्ला समन्वय समिति नुवाकोटमा वसेको सर्वपक्षिय छलफलपछि बन्द रहेको यातायात सुचारु गर्न यातायात व्यवसायी सहमत भएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले यातायात व्यवसायीहरुको मागको विषय बाग्मति प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने भएकोले सबै जनप्रतिनिधि, राजनितिक दल, स्थानिय प्रशासनले व्यवसायीहरुको मागलाई सम्बोधन गर्न सम्बनिधत निकायमा पहल गर्ने निर्णय गरेको बताए ।
यस्तै बन्द रहेको यातायात समेत आजैबाट शुरु गर्ने निर्णय भएको तामाङले विदुर खबरलाई जानकारी दिए ।
यसअखि सरकारले लामो दुरीका यातायात साधनको भाडा वृद्धि गरेपनि साना तथा मझौला दुरीका यातायातको भाडा वृद्धि नभएको भन्दै नुवाकोटका यातायात व्यवसायीले सर्बै सार्वजनिक यातायातका साधन ठप्प पारेका थिए ।
यातायात ठप्प हुँदा आम सर्वसाधारण भने हिँडेरै यात्रा गर्न बाध्य भएका थिए ।
छलफलमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल, विदुर नगरपालिकाकी उपमेयर गिता दाहाल, नमस्ते पासाङ ल्हामु यातायातका अध्यक्ष कुल वहादुर खड्की लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया