श्रीलंकामाथि नेपालको सानदार जित
नुवाकोट । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।
सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो । खेलको ४६ औं मिनेटमा २५ यार्ड टाढाबाट अन्जनको फ्रिकिक श्रीलंकाका गोलकिपर तथा कप्तान सुजन परेराले डाइभ हान्दै मुश्किलले बचाए ।
५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा श्रीलंकाका काभिन्दु इशानको प्रहार नेपालका डिफेन्डर सुमन अर्यालले गोललाइनबाट बचाए । तर, ह्यामिल्टनले ५७ औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २-१ को स्थितिमा ल्याए । खेलको ६७ औं मिनेटमा आयुसले गोलको अवसर खेर फालेका थिए । मनिष डाँगीको पासमा उनको प्रहार श्रीलंकाका गोलकिपर सुजनले बचाए ।
खेलको ७४ औं मिनेटमा मनिष डाँगी गोलकिपरसँग वान भर्सेस वानको स्थितिमा गोल गर्न । लगत्तै ७५ औं मिनेटमा अन्जनको क्रसमा अनमार्क रहेका आयुसको हेड प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ७७ औं मिनेटमा श्रीलंकाका डी सिल्भाको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाए ।
८६ औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो ।त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३-२ को महत्वपूर्ण जित निकाल्यो ।
यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो ।
श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १-० ले पराजित भएको थियो । लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ । अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ। यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया