११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
नुवाकोट । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरासहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो ।
इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत मोहनराज जोशीलाई डडेल्धुरामा पठाइएको छ भने डडेल्धुरामा कार्यरत हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय सिंहदरबारमा तानिएको छ ।
यस्तै, मन्त्रालयले गृह मन्त्रालयमा कार्यरत सहसचिव कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सरुवा गरेको छ भने जयनारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सीडीओ बनाएर पठाइएको छ ।
यस्तै, कास्कीका सीडीओ थानेश्वर गौतमलाई गृह मन्त्रालयमा ल्याइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यररत प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको सीडीओ बनाएर पठाइएको छ ।
डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्थुममा अनुजकुमार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
लमजुङका सीडीओ होमप्रसाद लुइँटेल र रसुवाका सीडीओ ईश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलालाई काठमाडौंको जेलर बनाएर पठाएको गृह मन्त्रालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया