साहस उर्जाको आईपीओ बाँडफाँड, १७ लाखको हात खाली
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/10/ipo.jpg)
नुवाकोट । साहस उर्जाले निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यलयमा आज एक कार्यक्रम मार्फत आइपीओ बाँडफाँड भएको हो। साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्।
कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ। रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्।
कुल आबेदन मध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालीफाईड भएका छन्।
साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आइपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो ।
७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया