हकप्रद जारी गर्न अपि पावरले पायो स्वीकृति
नुवाकोट । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । नियमन निकाय विद्युत नियमन आयोगले कम्पनीलाई एक बराबर ०.३९३६३३ को अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति दिएको हो ।
आयोगले कम्पनीलाई एक सय अंकित दरको एक करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । तर, उक्त सेयर जारी गर्दा कम्पनीले विद्युत नियमन आयोग नियमावली, २०७५को नियम बमोजिका शर्तहरु भने पालन गर्नु पर्ने आयोगले जनाएको छ ।
साथै, कम्पनीले हकप्रद सेयर जारी गर्दा अवितरित हुन आउने सेयर समेतबाट आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि नेपाल धितोपत्र बोर्डसँग समन्वय गरी आवश्यकताअनुसार सेयरको निष्काशन गर्न निर्देशन दिने आयोगले जनाएको छ ।
यस्ता छन् पालना गर्नुपर्ने ६ वटा शर्तहरुः
१. सेयर निष्काशनबाट प्राप्त एक अर्ब ८ करोड ६० लाख रुपैयाँ आयोजना निमार्णमा लगानी गर्नु पर्नेछ । र, सो समेत समावेश गरी ऋण र स्वलगानीको अनुपात कायम गर्नु पर्नेछ ।
२. आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समयसमयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनी गर्नुपर्ने छ ।
३. प्रचलित कानुन बमोजिम लाभकर लगायत अन्य कर बुझाउनु पर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्ने छ ।
४. कम्पनीले आयोगबाट समय समयमा जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन पालना गर्नुपर्नेछ ।
५. हकप्रद सेयरको निष्काशनको विवरणमा प्रकाशन गरिने विवरणपत्रमा धितोपत्रसम्बन्धी प्रचलित कानुन बमोजिमका विवरणको अतिरिक्त देहाय बमोजिमको विवरण समेत समावेश गर्नु पर्नेछः
क) निर्माणाधीन जलविद्युत आयोजनाको हकमा विद्युत खरिदबिक्री सम्झौतामा समावेश भए अनुरुप बिक्री हुने विद्युत उर्जाको मासिक परिमाण, बिक्री दर र सो अनुसारको आय विवरण उल्लेख भएको बाह्रै महिनाको तालिका ।
ख) विद्युत उत्पादन शरु भइ सकेका आयोजनाको हकमा माथि खण्ड(क) को तालिका र गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बिक्री भएको विद्युत उर्जाको मासिक परिमाण, बिक्री दर एवम् विद्युत खरिदकर्ताले भुक्तानी गरेको रकम समेत उल्लेख भएको बाह्रै महिनाको तालिका ।
ग) कम्पनीले सञ्चालन गरेका र स्वामित्वमा रहेका आयोजनाको विवरण, अनुमतिपत्रको बाँकी अवधी, ऋण लिएको समय र रकम, सो भुक्तानी गर्ने अवधि ।
घ) खण्ड (ग) बमोजिमका आयोजनाको लागत रकम, विगत प्रत्येक वर्षको आम्दानी र संचालन खर्चको विवरण ।
ङ) विद्युत ऐन, २०४९ बमोजिम साविक रोयल्टीमा वृद्धि हुने बाँकी अवधी ।
च) प्रचलित कानुन बमोजिम आयोजनाले प्राप्त गर्ने आयकार लगायतका कर छुट सम्बन्धी विवरण र सो छुट हुने बाँकी अवधी ।
६. आयोजना सम्पन्न भए पश्चात सोको कुल लागत सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नुपर्ने र सोको जानकारी आयोगलाई दिने ।
यससँगै कम्पनीलाई चुक्ता पुँजीको ३९.३६ प्रतिशत हकप्रद जारी गर्न बाटो खुलेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्ने छ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया