रसुवामा शिक्षक अभावमा शिक्षा शाखामा तालाबन्दी
रसुवा । कालिका गाउँपालिका वडा नम्बर १ स्थित ग्राङ आधारभुत विद्यालयमा शिक्षककाे अभाव भएकाे भन्दै अभिभावकहरुले गाउँपालिकामा रहेकाे शिक्षा शाखामा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।
शिक्षक अभावले आफ्नो बालबालिकाको भविष्यमाथि खेलबाड गरेको भन्दै छनग्राङ क्षेत्रका अभिभावक र स्थानिय युवाहरूले संयुक्त रूपमा शिक्षा शाखामा तालाबन्दी गरी गाउँपालिकालाई माग पुरा गर्न पत्र बुझाएका हुन् ।
आधारभूत तहसम्मकाे सम्पुर्ण दरबन्दी तीन दिनभित्र पूरा हुने गरि शिक्षक उपलब्ध गराउनु पर्ने र विद्यालयमा हालै खटाईएकाे शिक्षकहरू नियमानुसार हाजिर हुनुपर्ने भन्दै तालाबन्दी गरिएकाे हो ।
विगत चार महिनादेखि विद्यालयमा शिक्षक दरबन्दी तीन जना मात्र रहेकाे र दुई सयजना विद्यार्थीका भविष्य अन्याेल भएकाेले मागहरू विना शर्त पूरा गर्नुपर्ने पत्रमा जनाएको छ ।
माग पुरा नगरेसम्म शिक्षा शाखाबाट हुने कामकाज पनि हुन नदिने जनाएको छ ।
सराेकारवालाहरूकाे ध्यान नपुगेकाे भन्दै शिक्षा शाखामा तालाबन्दी गरिएको पत्रमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया