साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ

विदुर खबर २०७८ असोज १५ गते १७:०५

नुवाकोट । काठमाडौंको पशुपति क्षेत्रमा बस्ने एक साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरेको महानगरीय परिसर काठमाडौंले जनाएको छ ।

उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

Advertisement

उनीमाथि असोज ११ गते बिहान पशुपतिस्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा बस्ने सन्तोष भन्ने साधुलाई खुकुरी प्रहार गरेर फरार भएको प्रहरीको भनाइ छ ।

Advertisement

प्रतिक्रिया