साहस उर्जाको आईपीओ आइतबार बाँडफाँट हुने
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/04/ipo-listing.jpg)
नुवाकोट । साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट गर्ने भएको हो ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आइतबार विहान ९ बजे आईपीओ बाँडफाँट हुनेछ ।
आज शुक्रबार प्रिअलटमेन्ट सकाएर आइतबार शेयर बाँडफाँट गर्न लगेको एनआईविएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/04/ipo-listing.jpg)
कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताशेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ६४ लाख ४० हजार कित्ता शेयरको ५.३५ गुण बढी हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया