बुद्धभुमिको आइपीओमा झण्डै १६ गुणा बढी आवेदन

विदुर खबर २०७८ असोज १३ गते २१:२४

नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा बुधबारसम्ममा झण्डै १६ लाख आवेदकले आवेदन दिएका छन्।

Advertisement

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बुधबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा १५ लाख ९० हजार ४१८ जना आवेदकले २ करोड ३ लाख ७ हजार २२० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको १५.७६ गुणा धेरै हो।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएकाे हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Advertisement

सो शेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिने छ। शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

Advertisement

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया