नेप्सेमा गिरावट कायमै,कारोबार रकम सामान्य बढ्यो

विदुर खबर २०७८ असोज १२ गते १६:१८

नुवाकोट । मंगलबार नेप्से परिसूचक ७० अंक घटेको छ। अघिल्लो कारोबार दिन २६८५.४५ विन्दुमा बन्द भएको बजार यस दिन २६१५.४० विन्दुमा झरेको छ।

Advertisement

यस दिन सेन्सेटिभ इण्डेक्स ११.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१८ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब १२ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१८ कम्पनीको ७५ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Advertisement

घटेको बजारमा यस दिन पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन नेपाल हाइड्रो डेभलपर्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशत घटेको छ भने गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य १० प्रतिशतकै हाराहारीमा कारोबार भएको छ।

Advertisement

मंगलबार पनि १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.३७ अंक घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ४.७४ अंक घटेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १८ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। बैंकले आज मात्रै लाभांश वितरण गर्ने घोषणा गरेको थियो। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको १७ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया