नुवाकोटमा सक्रिय कोरोना संक्रमित ५९ पुग्यो
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ५९ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये ४४ जना होम आइसोलेसनमा, १४ जना अस्पतालमा र एकजना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका कोरोना संक्रमितमध्ये ककनी गाउँपालिकाका २ जना र किस्पाङ गाउँपालिकाका एकजना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार एकसय ४५ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ४१ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । नुवाकोटमा हालसम्म २७ हजार ८ सय ८३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया