नुवाकोटको १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन
नुवाकोट । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ ।
जिल्लाको १२ स्थानीय तहमध्ये लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिकमा सर्वसम्मत रुपले नेतृत्व चयन भएको छ भने अन्य स्थानीय तहमा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो ।
लिखु गाउँपालिकामा बिनोद पाठक निर्विरोध सभापतीमा निर्वाचित भएका छन् भने दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान, किस्पाङ गाउँपालिकामा रणबहादुर तामाङ र सुर्यगढी गाउँपालिकामा शंकर प्याकुरेल रहेका छन् ।
यस्तै, पञ्चकन्या गाउपालिकामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ । निर्वाचन मार्फत माधव खनाल सहितको प्यानल नै बिजयी भएको छ । खनालले ८१ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्धन्दि यमबहादुर थापाले ६९ मत प्राप्त गरेका छन् ।
यस्तै म्यागङ गाउँपालिकाको अधिवेसनमा सिंहराज तामाङ सभापतीमा निर्बाचित भएका छ् । उनले ७१ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्धन्दी कमल तामाङले ३८ मत प्राप्त गरेका छन् ।
यता, नेपाली कांग्रेस तादी गाउपालिकाको सभापतीमा नारायणप्रसाद पाण्डे निर्वाचित भएका छन् भने ककनी गाउँपालिकामा भाग्य श्री लामा सभापतीमा निर्वाचित भएका छन् । उनले ८० मत प्राप्त गरेका थिए भने उनको प्रतिष्पर्धी सुपोल लामाले ५७ मत प्राप्त गरेका थिए ।
यस्तै शिवपुरी गाउँपालिकामा कविराज गुरुङ सभापतिमा निर्वाचित भएका छन् भने तारकेश्वर गाउँपालिकामा केशव अर्याल निर्वाचित भएका छन् ।
विशेष महत्वको साथ हेरिएको जिल्लाको २ नगरपालिका विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाको पनि निर्वाचनको मत परिणाम सार्वजनि अन्तर्गत वेलकोटगढी नगरपालिकामा लेखनाथ मुडबरी निर्बाचित भएका छन् । उनले १ सय २५ मत प्राप्त गरेका छन् भने उनको प्रतिष्पर्धी कृष्णप्रसाद पाण्डेले १ सय मत प्राप्त गरेका छन् ।
यता, विदुर नगरपालिकाको सभापतीमा हरिलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १ सय ३६ मत प्राप्त गरेका छन् भने उनको प्रतिष्पर्धी वद्रिप्रसाद रिमालले १ सय ३५ मत प्राप्त गरेका छन्
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया