ज्ञानेन्द्रले इपीएल नखेल्ने
विदुर खबर
२०७८ असोज ७ गते १८:५७
नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपिएल) टि-२० क्रिकेट नखेल्ने भएका छन् ।
यसअघि पूर्व कप्तान पारस खड्काले पनि ईपिएल नखेल्ने बताएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै खेल्न नसक्ने बताएका छन् ।
ज्ञानेन्द्रले ललितपुरका सिईओ निरज कोइरालालाई इमेलमार्फत् आफूले खेल्न नसक्ने जानकारी दिएका छन्।
यसअघि विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स –११ का दीपेन्द्रसिंह ऐरीले पनि ईपीएल नखेल्ने पक्का भइसकेको छ।
पारस र वसन्तले व्यक्तिगत कारण नखेल्ने जनाएका छन्।दीपेन्द्र चोटका कारण नखेलेका हुन्।
Advertisement
ईपीएल ९ असोजदेखि २३ सम्म टियुमा हुने । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्ने छन्।
ललितपुरले उद्धघाटन खेलमा काठमाडौं किंग्स–११ सँग खेल्ने छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया