नेकपा एकीकृत समाजवादीमा पदाधिकारी टुंगीए
नुवाकोट । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उमहासचिव र चार सचिवको टुंगो लगाएको हो ।
अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता मुकुन्द न्यौपानेपछि उपाध्यक्षको वरियता रहेको छ । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्तरी राई रहेका छन् ।
त्यस्तै पार्टीको महासचिवमा डा. बेदुराम भुसाललाई चयन गरिएको छ भने उपमहासचिबमा प्रकाश ज्वाला, गंगाधर तुलाधर र विजय पौडेल चयन भएका छन् । यस्तै सचिवमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई चयन गरिएको छ ।
बैठकले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । उनका अनुसार ७१ सदस्यीय पोलिट ब्यूरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।
यी हुन नेकपा एसका पदाधिकारी :
अध्यक्ष- माधवकुमार नेपाल
वरिष्ठ नेता- झलनाथ खनाल
नेता- मुकुन्द न्यौपाने
उपाध्यक्ष- राजेन्द्र पाण्डे
उपाध्यक्ष- प्रमेश हमाल
उपाध्यक्ष- घनेन्द्र बस्नेत
उपाध्यक्ष- केदार न्यौपाने
उपाध्यक्ष-केशवलाल श्रेष्ठ
उपाध्यक्ष-धर्मनाथप्रसाद साह
उपाध्यक्ष- जयन्ती राई
महासचिव- डा. बेदुराम भुसाल
उपमहासचिव- प्रकाश ज्वाला
उपमहासचिव- डा. गंगालाल तुलाधर
उपमहासचिव- डा. विजय पौडेल
सचिव- नागेन्द्रप्रसाद चौधरी
सचिव- जगन्नाथ खतिवडा
सचिव- राजेन्द्रकुमार राई
सचिव- रामकुमारी झाँक्री
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया