नुवाकोटमा आज १० जना कोरोनामुत्त
विदुर खबर
२०७८ असोज ७ गते १३:१५
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा १० जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १० जना कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ९ सय ८४ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५ जनाको एन्टीजेन परिक्षण गर्दा कुनैपनि कोरोना संक्रमित नभेटिएको खनालल् जानकारी दिए । जिल्लाम हालसम्म ८ हजार एकसय १९ जना कोरोना संक्रमित भेटिएका छन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म नुवाकोटमा २७ हजार ४ सय ६६ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया