पार्टी फुटेको होइन केही पात झरेका हुन् : ओली
नुवाकोट । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका छन् । उनले केही कुहिएर झरेका पात भएको र केही बाहिरिएको मात्रै भएको बताएका हुन् ।
एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,’पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसला गर्यो भने यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’
उनले भने,’पार्टीले निकालेको छैन भन्दै पार्टी दर्ता गर्न मिल्छ ? यो ज्यादती हो हामीले अदालतमा मुद्दा दर्ता गरेका छौं ।’ यस्तै, ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको बताए ।
अर्को प्रसंगमा अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताएको बताए । उनले भने,’जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दिएका छन् ।’ ओलीले पुष्पकमल दाहालको पछि लागेर विनाशको बाटो बाहेक केही नभएको बताए ।
मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै ओलीले भने,’७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनु लोभी पापीको हड्डीको लागि लडाइँ छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया