नुवाकोट मुलाबारीका राजेन्द्र पण्डित पक्राउ
नुवाकोट । अस्पतालका निर्देशकलाई अपहरण गरेको आरोपमा नुवाकोटका राजेन्द्र पण्डित पक्राउ परेका छन् ।
बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरेको घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।
घटनामा संलग्न राजेन्द्र पण्डितलाई प्रहरीले नुवाकोटवाट पक्राउ गरेको हो । उनलाई अदालतले कै द फैसला गरेपछि सम्पर्क विहिन भएका थिए । अदालतले उनलाई ९ वर्षको कै द सजाय सुनाएको छ । मंगलवार पक्राउ गरिएका उनलाई अदालत पेश गरिदैछ ।
पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कै द र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो ।
लामो समय भारतमा बस्दै आएका पण्डित नेपाल आएको थाहा पाएपछि प्रहरीले खोजीलाई तीब्रता दिएको थियो । सोही क्रममा नुवाकोटस्थित घरमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
फैसला कार्यान्वयनका लागि पण्डितलाई बुधबार नै अदालतमा पेस गरिने सीआईबीका डिआइजी धिरजप्रताप सिंहले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया