एमाले विभाजनको असर कर्मचारीमा, निजामतीमा पनि दुई संगठन

विदुर खबर २०७८ असोज ३ गते १७:४९

नुवाकोट । नेकपा एमाले विभाजनको असर कर्मचारीहरूमा पनि देखिएको छ।

Advertisement

एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन पनि विभाजित भएको छ। माधवकुमार नेपालनिकट कर्मचारीहरूले संगठनका यसअघिका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाएर नयाँ टिम घोषणा गरेको छ।

अब नेपाल निजामती कर्मचारी संगठनका नाममा दुई समूह बनेका छन्। शनिबार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको बैठकले र वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्षहरू ललिक बहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल र भवानी दाहाल तथा सहकोषाध्यक्ष गणेश आचार्यलाई हटाएको छ।  

Advertisement

संगठनको बैठकले आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलसहितका पदाधिकारी र सदस्यहरूलाई फिर्ता बोलाउने लगायतका निर्णय गरेको आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो। 

संगठनले अध्यक्षमा हालका महासचिव रेवन्त गौतम र वरिष्ठ उपाध्यक्षमा मोहन गिरीलाई चयन गरेको छ। उपाध्यक्षहरूमा सीता गुरुङ, वेदप्रसाद खवितडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर विष्ट, दयाराम खत्री र महासचिवमा शरणकुमार गुरुङ चयन भएका छन्।

Advertisement

नेपाल पक्षका कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा मोहनकुमार घिमिरे र सदस्यका लागि जयदेव जोशीलाईलाई पठाउने निर्णय गरेका छन्। यसअघि २०५४ मा एमाले विभाजित भएका बेला कर्मचारी संगठन भने विभाजित भएको थिएन। 

प्रतिक्रिया