रसुवामा वार्षिक समीक्षा तथा छैठौं जिल्ला सभा सुरु
विदुर खबर
२०७८ असोज ३ गते १६:२४

नुवाकोट । रसुवाको सदरमुकाम धुन्चेमा वार्षिक समीक्षा तथा छैठौं जिल्ला सभा सुरु भएको छ ।
जिल्ला समन्वय समिति रसुवाको सभा हलमा आइतबारदेखि जिल्ला सभा सुरु भएको हो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा आइतबार जिल्लामा रहेका सरकारी कार्यालय र गाउँपालिकाको प्रस्तुतीकरण रहने छ भने सोमबार जिल्लामा रहेका जलविद्युत् आयोजना र गैरसरकारी संस्थाको प्रस्तुतिकरण रहने छ ।
जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टको अध्यक्षता र प्रदेश सभा सदस्य शान्ति थिङको प्रमुख आथित्यतामा कार्यक्रम सुरु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया