शिवपुरी गाउँपालिकाको कांग्रेस सभापतीमा तामाङको उम्मेदवारी घोषणा

नुवाकाेट । नेपाली कांग्रेस शिवपुरी गाउँपालिकाको सभापतीमा लाल बहादुर तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।
इमान्दारीता, उत्तरदायित्व, ठोस कार्य योजना, आत्मनिर्भरता, मितव्ययीता र सबै कांग्रेसीहरुमा एकता उनको मुख्य प्रतिबद्धता हुन् । कांग्रेसमा गुट उपगुट हुन नहुनेमा उनले जोड दिँदै आएका छन् ।

नेपाली कांग्रेसको पालिका अधिवेशन नजिकिँदै गर्दा खुलेरै उम्मेदवारी घोषणा गरेका तामाङले पार्टी मजबुत बनाउन युवाहरुलाई प्राथमिकता दिनुपर्ने बताए । युवापुस्तालाई जिम्मेवारी दिएर अग्रजले मार्गनिर्देशन गरेमा पार्टी मजबुत हुने उनको बुझाई छ ।
हाल वडा नं. ६ को वडा अध्यक्षसमेत रहेका कर्मठ र स्पष्टवक्ता तामाङ शिवपुरी गाउँपालिकाको विकास निर्माणमा निकै सक्रिय छन् । कोरोना महामारीका बेलामा गाउँमा कोरोना भाइरस नियन्त्रणका साथै कोरोना संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समेत उनी निकै सक्रिय रहे ।
नुवाकोटको शिवपुरी गाउँपालिकाकै फुर्तिला वडा अध्यक्ष र युवा नेता लाल बहादुर तामाङले पालिका सभापतीको जिम्मेवारीमा अत्यधिक बहुमतले निर्वाचित गराउन सबै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया