जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ
विदुर खबर
२०७८ असोज २ गते १४:४५

नुवाकोट । काठमाडौंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।

जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया