त्रिविका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन हुने

नुवाकोट । भाेलि शुक्रवारदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ ।
कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो । गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउँदै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख दाहालको भनाइ छ ।
पालिकाले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका कलेज सञ्चालन गरिने जनाइएकाे छ । यसअघि महामारीको जोखिमलाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालन भइरहेको थियो ।
अहिले नेपालमा त्रिविकाे सम्बन्धन प्राप्त क्याम्पस एक हजार चार सय २५ वटा छन् जसमा एक सय ३७ आङ्गिक, पाँच सय आठ सामुदायिक र सात सय ८० निजी क्याम्पस सञ्चालनमा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया