स्कटल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा जिम्बाब्वे पराजित
विदुर खबर
२०७८ भदौ ३१ गते ८:२०
नुवाकोट । जिम्बाब्वेसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा स्कटल्यान्डले ७ रनको जित निकालेको छ।
गएराति भएको खेलमा स्कटल्यान्डले जिम्बाब्वेलाई ७ रनले हराएको हो । स्कटल्यान्डले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
जिम्बाब्वेका लागि मिल्टन शुम्बाले सर्वाधिक ४५ रन बनाए । सिन विलियम्सले २८ रन जोड्दा कप्तान क्रेग इर्भिनले २६ रन जोडे । स्कटल्यान्डका सफ्यान शरिफले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो ।
जितसँगै स्कटल्यान्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया