रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुनः उत्कृष्ट

विदुर खबर २०७८ भदौ ३० गते २१:३८

रसुवा ।  रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुनः उत्कृष्ट भएका छन् । पछिल्ला केही वर्ष यता रसुवाका प्रमुख जिल्ला अधिकारीहरू उत्कृष्ट हुँदै आएका छन् ।

Advertisement

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको रिर्पोट कार्ड अनुसार उत्कृष्ट कार्यसम्पादन गरेको देखिएको छ । गृह मन्त्रालयले मातहतका निकायका अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौंताका आधारमा ७७ जिल्लाको रिर्पोट कार्ड बन्ने गरेको छ ।

मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकनको आधारमा आर्थिक वर्ष २०७७/७८ मा रसुवा सहित १३ जिल्लालाई लिएको छ।

Advertisement

गृहका अनुसार कार्यसम्पादन सम्झौताको ६ वटा बुँदालाई आधार बनाइएको थियो। शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद जोखिम न्युनीकरण तथा जोखिम व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयरसदाचार र आर्थिक अनुशासन सम्बन्धित कार्यसम्पादनको समग्र मापन आधारमा रसुवा जिल्लालाई उत्कृष्ट ठहर्‍याइएको मन्त्रालयले जनाएको छ ।

रसुवामा हाल ईश्वरी प्रसाद ढकाल प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् ।

Advertisement

प्रतिक्रिया