नेप्सेमा झिनो सुधार, कारोबार रकम सामान्य घट्यो
नुवाकोट । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ। मध्यान्हसम्म सकारात्मक रहेको नेप्से, त्यसपछिको समयमा भने ओरालो लागेको हो।
यस दिन नेप्से झिनो अंकले बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो दिन ९ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२६ कम्पनीको ९३ हजार २१८ पटकको कारोबारमा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको हो।
त्यसैगरी, युनाइटेड इदी मार्दी र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यता कालिका पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्गको ०.८६ प्रतिशत, व्यापारको ०.८७ प्रतिशत र जीवन बीमाको ०.५२ प्रतिशत बढेको छ।
जलविद्युत उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.५४ प्रतिशत घटेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.३५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको यस दिन ४७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया