रसुवाको गोसाइकुण्डमा इटलीबाट ल्याएर रोपिएका स्याउले उत्पादन दिन थाल्यो
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ब्राबलमा गएकाे वर्ष रोपिएको चार जातका स्याउले उत्पादन दिन थालेको छ ।
एक वर्ष अगाडि इटलीबाट ल्याएर रोपिएको स्याउले उत्पादन दिन सुरु गरेको कृषक काल्साङ तामाङले बताउनुभयो । गएकाे वर्ष यस क्षेत्रमा फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रिन्सका ११ हजार ७ सय बिरुवा रोपिएको थियो ।
सुरुमा ७९ लाख रुपैयाँको लगानीमा स्याउ खेती सुरु गरिएको उहाँले बताउनुभयो । वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५० प्रतिशत आर्थिक अनुदान सहयोगमा स्याउको बिरुवा ल्याएर स्याउ खेती गरिएकोे हो ।
तामाङले २० वर्षका लागि १६ जनाको नाममा रहेको करिब २४१ रोपनी क्षेत्रफलको जग्गा लिजमा लिएर स्याउ खेती गरिरहेका छन् । जसमा फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रिन्स गरी ४ जातका ११ हजार स्याउको बिरुवा लगाइएको छ । यस वर्ष स्याउले उत्पादन दिन सुरु गरे पनि बिरुवा पूर्ण विकसित नभइसकेका कारण बोटले थेग्न नसक्ने हुँदा पहिले नै सानैमा स्याउ झरेको उहाँले बताउनुभयो ।
जग्गा थपेर ७ हजार स्याउका बिरुवा थप्ने योजना रहेको उहाँले बताउनुभयो । यसैगरी स्याउका बिरुवा तथा फल जङ्गली जनावरबाट जोगाउन १५ सय मिटर तार जाली लगाइएको छ ।
असिनाबाट जोगाउनका लागि थप जाली लगाइने उहाँको भनाइ छ । इटली र स्पेन लगायतका देशमा पाइने फुजी स्याउको बिरुवा नेपालमा पाइने बिरुवा भन्दा महँगो पर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया