विश्वप्रकाशले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
विदुर खबर
२०७८ भदौ २४ गते २०:५०
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।
आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन गर्दैछ । कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया