विष्णु माझीको ‘चरी जेलैमा’ लाई युट्युबमा एक करोड भ्यूज
नुवाकोट ।लोकदोहोरी विधाकी चर्चित गायिका विष्णु माझीको गीत ‘चरी जेलैमा’ एक करोड पल्ट हेरिएको छ ।
माझीको तीज गीतले युट्युबमा सार्वजनिक भएको १३ दिनमा नै एक करोड भ्यूज पाइ कीर्तिमान बनाएको छ ।
यस गीत पैसा खर्च नगरेपनि सहजै करोड क्लबमा पुगेको हो । गीतको गुणस्तरकै कारण आफैं चर्चित भएको हो ।अहिले आफ्नो गीत रिलिज गरेपछि डलर खर्चेर बुस्ट गर्ने चलन छ । यसमा त्यो पनि गरिएको छैन ।
विष्णु माझीप्रतिको आम चासोले नै गीतले धेरै दर्शक/स्रोता पाएको देखिन्छ । यस्तै टिकटकमा पनि यो गीत निकै लोकप्रिय भएकाले युट्युबमा भ्यूज बढेको हो । यो गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनेको छ ।
‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । सुन्दरमणि विष्णु माझीका श्रीमान् हुन् । यस्तै गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन रहेको छ ।
शिव विकको कोरियोग्राफी रहेको गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । सार्वजनिक भएको सुरुआती दिनबाट नै राम्रो चर्चा कमाएको यो गीत करोड भ्यूज क्लबमा पुगेको हो ।
यसअघि विष्णु माझीका अन्य गीतहरूले पनि करोड भ्यूज पाइसकेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिप–छिपे पानीमा लेउ’, ‘पिँडालु’ माझीका यसअघिका चर्चित गीत हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया