मेक्सिकोमा शक्तिशाली भूकम्प
विदुर खबर
२०७८ भदौ २४ गते ८:०९
एजेन्सी । मेक्सिकोको प्रशान्त महासागर तटीय एकापुल्को रिसोर्ट नजिक शक्तिशाली भूकम्प गएको छ ।
राजधानी मेक्सिको सिटीदेखि करिब ३ सय ७० किमी टाढा ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको कारण बेस्सरी तर्सेका स्थानीय बासिन्दा र पर्यटकहरू घर र होटेल छाडेर सडकतर्फ भागेका थिए ।
एकापुल्काको पहाडी इलाकालाई नराम्ररी हल्लाएको यस भूकम्पको कारण थुप्रै राज्यमा विद्युत् आपूर्ति बन्द हुनुका साथै भौतिक पूर्वाधारमा केही क्षति पुगेको सञ्चार माध्यमले जनाएको छ ।
कोयुका डि बेनितेज शहरनजिक एउटा खम्बा ढल्दा एकजना पुरुषको ज्यान गएको छ ।
राष्ट्रपति आन्द्रेज म्यानुयल लोपेज आब्राडोरले मुलुकमा यसबाट खासै ठूलो क्षति नभएको स्पष्ट पारको छन् । सन् १९८५ मा मेक्सिकोको राजधानीमा आएको भयानक भूकम्पमा कम्तीमा १० हजार मानिसको ज्यान गएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया