इन्डोनेसियाको कारगारमा आगलागी, ४१ कैदीको मृत्यु
एजेन्सी। इन्डोनेसियाको राजधानी जाकार्तास्थित टन्न कैदी भरिएको एउटा कारागारमा आगलागी हुँदा कम्तीमा ४१ जना कैदीको ज्यान गएको छ ।
अधिकांश कैदी मस्त सुतिरहेकोबला बुधबार राति अचानक त्यहाँ आगलागी भएको सञ्चार माध्यमले जनाएको छ । गार्डहरूले बन्दी थुन्ने कोठाहरूका ताला खोलिदिएपनि आगोले अत्यन्तै उग्र रूप लिएकाले यति ठूलो संख्यामा कैदीहरूको ज्यान गएको कारगारका अधिकारीहरूले पत्रकारहरूलाई बताएका छन् ।
सो दुर्घटना घटेको चालिस जना कैदी अटाउने कोठामा १ सय २२ जना थुनिएको बताएको छ । मारिनेमा पोर्चुगल र दक्षिण अफ्रिकाका क्रमशः एक एक कैदी पनि रहेका छन् ।
इन्डोनेसियाको कानुन तथा मानव अधिकार मामिला मन्त्री यासोना लाओलीले ती दुवै मुलुकका दुतावासलाई घटनाको जानकारी गराइसकेको बताएका छन् । यस घटनामा आठ जना कैदी गम्भीर घाइते भएका छन् ।
विद्युत्को सर्ट सर्किटको गडबडीको कारण यो आगलागी भएको हुनुपर्ने अनुमान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया