ओमानमा मंगलबार नेपाल र पिएनजीबीचकाे ओडीआई खेल हुँदै

विदुर खबर २०७८ भदौ २१ गते १९:३७

नुवाकोट । आईसीसी बिश्वकप क्रिकेट लिग डिभिजन – २ को तयारीमा रहेका नेपाल र पपुवा न्यगिनी (पिएनजी)बीच एकदिवशीय (ओडिआई) खेल भोलि हुँदैछ ।

Advertisement

मंगलबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र पिएनजी भिड्न लागेका हुन् ।  खेल नेपाली समयअनुसार मंगलबार बिहान सवा ११ बजे सुरुहुनेछ । दुबै टोली पहिलो ओडिआई जित्ने लक्ष्यमा रहेका छन् । नेपालले ओमानमा पिएनजीसँग दुई खेल खेल्नेछ । दोस्रो खेल शुक्रबार हुनेछ ।

यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा २९ सदस्यीय टोली ओमान पुगेको हो । यसपटक नेपाली टोलीमा पूर्व कप्तान पारस खड्का उपलब्ध हुने छैनन् । राष्ट्रिय टोलीबाट सन्यास लिएपछि उनी टोलीमा रहने छैनन् ।

Advertisement

पारसको अनुपस्थितिमा गुल्सन झा पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । नेपाल पुलिस क्लबबाट घरेलु लिग खेलेका गुल्सन पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।

पिएनजीसँग खेलेपछि नेपाली टिम अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ । खेल १३-१९ सेप्टेम्बरसम्म हुनेछ ।

Advertisement

नेपाली टोली  

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरि, कुशल भुर्तेल, आसिफ सेख, गुल्शन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, बिक्रम सोब, पवन सर्राफ, रोहित कुमार पौडेल

प्रतिक्रिया